गणेश लामालाई थप १० दिन हिरासतमा राख्न म्याद थप


काठमाडौँ  । गुण्डा नाइके गणेश लामालाई थप १० दिन प्रहरी हिरासतमा राख्न म्याद थप भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले लामालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले हातहतियार तथा खरखजाना अभियोगमा उनीमाथि अनुसन्धान गरिरहेको छ ।

लामा काठमाडौँको गौशालास्थित एक होटलबाट चैत ३ गते हतियारसहित पक्राउ परेका थिए । लामाले भने आफूले हतियार नबोकेको बयान दिँदै आएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।