जुवा खालमा प्रहरीको छापा, दर्जनौ जुवाडे नियन्त्रणमा



काठमाडौ । चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ स्थित तुलाराज पाण्डेको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ४२ बर्षीय सुक्रबहादुर सुनुवार सहित ८ जनालाई प्रहरीले शनिबार नगद ९७ हजार रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–१५ स्थित अर्जुन थापाको डेरा कोठामा जुवातास खेलिरहेका नागार्जुन नगरपालिका–६ बस्ने राम लामा सहित ५ जनालाई प्रहरीले शनिबार १ बुक तास र नगद १ लाख २९ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ गरेको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित न्यू लक्ष्मी गेष्ठ हाउसमा तास खेलिरहेका सोही ठाउँ बस्ने छिरिङ्ग गुरुङ्ग सहित ५ जनालाई प्रहरीले शनिबार नगद २१ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ कुमारी क्लब बल्खु नजिकै खाली चौरमा पार्किङ गरी राखेको गाडीको पछाडी साईडमा जुवातास खेलिरहेका धादिङ्ग पालुङ्गे घर भई हाल काठमाडौँ स्युचार बस्ने सुरेश थापा मगर सहित ६ जनालाई प्रहरीले शनिबार नगद ९ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्