बैंक घोटाला



नयाँदिल्ली, (एजेन्सी)
भारतको दोस्रो ठूलो सरकारी बैंकले मुम्बईस्थित आफ्नो एउटा शाखामा १ अर्ब ८० करोड अमेरिकी डलर घोटाला भएको बिहीबार तथ्य सार्वजनिक भएको छ। उक्त घोटालाको रकम परिमाण पन्जाब नेसनल बैंकको बजार मूल्यको एक तिहाइ र सन् २०१७ को उक्त बैंकको अन्तिम ३ महिनाका नाफाको ५० गुणा बढी रहेको बताइएको छ। उक्त बैंकले यस घोटालाबाट केही मुठ्ठीभरका ग्राहक लाभान्वित हुने देखिएको बताइएको छ। तर, यस घटनाले अन्य बैंक पनि प्रभावित हुने र भारतको बैंकिक क्षेत्रकै विश्वसनीयता गुम्ने चिन्ता बढेको छ।

प्रतिक्रिया दिनुहोस्