दर्शक कान्छीको प्रतीक्षामा हुनुहुन्छ –श्वेता खड्का

0
Shares

रश्मी थापा

नायिका तथा निर्मात्री श्वेता खड्का अहिले आफ्नो निर्माणको फिल्म कान्छीको रिलिजको तयारीमा छिन्। भोलि शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको कान्छीलाई आकाश अधिकारीले निर्देशन गरेका छन्। गीत–संगीतका कारण रिलिजअघि नै चर्चा पाइसकेको फिल्ममा श्वेताको साथमा दयाहाङ राईको प्रमुख भूमिका रहेको छ। कान्छी कस्तो बनेको छ, यसबाट उनले कस्तो अपेक्षा राखेकी छिन्। यीनै विषयमा उनीसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः

 

फिल्म रिलिजको तयारीमा व्यस्त हुनुहुन्छ। दर्शकबाट कस्तो रेस्पोन्स पाइरहनुभएको छ ?

फिल्मको प्रोमोसनका लागि पोखरा र चितवन गएको थिएँ। फिल्म रिलिज नजिकै भएकाले समय नमिलेर धेरै ठाउँबाट माग भए पनि जान पाइनँ। तर, फिल्म रिलिजपछि भने विपन्न जिल्लाहरुको टुरमा जानेछु। पोखरा, चितवन र काठमाडौंमा दर्शकबाट निकै नै राम्रँे रेस्पोन्स पाएको छु। सबैतिरको हलमा दर्शक कान्छीको प्रतीक्षामा हुनुहँुदो रहेछ। कान्छीलाई लिएर म र मेरो टिमजस्तै दर्शक पनि एक्ससाइटेड रहेको पाउँदा खुसी लागेको छ।

फिल्म कस्तो बनेको छ ? व्यापारिक अवस्था कस्तो हुने अपेक्षा राख्नुभएको छ ?

जुन हिसाबले हामीले टिमवर्कमा काम गरेर मेहनत गरेका छौं। त्यसबाट फिल्मको व्यापारिक अवस्था राम्रो हुन्छ भन्ने विश्वास लिएको छु।

कान्छीको दर्शकको क्याटेगोरी छैन। यो सानोदेखि लिएर ठूलो उमेरसम्मका दर्शकका लािग निर्माण भएको फिल्म हो। यो पारिवारिक तथा म्युजिकल लभ स्टोरी भएकाले पनि सबैका लागि मनोरञ्जनपूर्ण उपहार हुनेछ।

पहिले र अहिलेको फिल्म निर्माणमा के फरक पाउनुभएको छ ?

पहिले र अहिलेको फिल्म निर्माणमा निकै परिवर्तन भएको पाएकी छु। अहिले धेरै हलको सिस्टममा परिवर्तन भएका छन्। प्रविधिमा पनि निकै परिवर्तन आएको छ। सिनेमा क्षेत्र एउटा सिस्टममा चल्न थालेको छ। जसले गर्दा फिल्मको धेरै दर्शककहाँ एकैचोटी पुग्नेछ र रेस्पोन्स पनि चाँडै नै आउनेछ।

कान्छीपछि अर्को फिल्म पनि निर्माण गर्नुहुन्छ कि ?

कान्छीपछि अवश्य पनि अर्को फिल्म निर्माण गर्छु तर अहिले नै अनाउन्स भने गर्दिनँ। मैले अबको समय फिल्म क्षेत्रमा नै कन्ट्यिुनिटी गर्ने विचार गरेको छु। उहाँ (नायक तथा निर्माता पति स्व. श्रीकृष्ण श्रेष्ठ) को सपना पूरा गर्न पनि मैले यस क्षेत्रमा कन्टिन्युटी दिनुपर्छ। मलाई फिल्म क्षेत्रको बाटो उहाँले नै देखाउनुभएको हो। त्यसैले म अब यही बाटो हिँड्नेछु।

तपाईं फिल्मको शीर्ष भूमिकामा हुनुहुन्छ। अभिनयको हिसाबमा दर्शकबाट कस्तो प्रतिक्रिया पाउने आशा राख्नुभएको छ ?

मैले राम्रो गरेको छु भन्ने मलाई लाग्छ। फिल्मका लागि सबैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेको हुनाले अभिनयको हिसाबले पनि दर्शकले राम्रो प्रतिक्रिया दिनुहुन्छ भन्ने सोचेको छु।

Skip This