राष्ट्रपतीय चुनाव



सान जोस, (एजेन्सी)
कोस्टारिकाका जनताले आइतबार राष्ट्रपति छनोटका लागि मतदान गरेका छन्। हालै यस चुनावका प्रमुख उम्मेदवारहरूले समलिंगी विवाह र तिनीहरूको अधिकारको कडा शब्दमा विरोध गरेका थिए। अहिले ल्याटिन अमेरिकामा समलिंगी अधिकारको लहरै चलेको छ। कूल १३ जनाले उम्मेदवारी दिएको यस चुनावमा कन्जरभेटिभ क्रिस्चियन गायक तथा टेलिभिजन प्रस्तोता फाब्रिसियो अल्भाराडो पछिल्लो मत सर्भेक्षणअनुसार अग्रस्थानमा रहेका छन्। उनले गत जनवरीमा मानव अधिकारवादी अदालतले कोस्टारिकालाई महिला तथा पुरुष समलिंगीलाई समान रूपमा वैवाहिक अधिकार दिन गरेको आदेशको विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्