म्यान्मारलाई क्षेप्यास्त्र



वासिङ्टन, (एजेन्सी)
संयुक्त राष्ट्र संघले एक प्रतिवेदनमा उत्तर कोरिया प्राणघातक रासायनिक हतियार बनाउन सिरियालाई मद्दत गरेको आरोप लगाएको छ। विशेषज्ञको एक टोलीले तयार पारेको उक्त प्रतिवेदनमा उत्तर कोरियाले म्यान्मारलाई पनि ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको उल्लेख गरिएको छ। उत्तर कोरियाले सिरिया र म्यान्मारलाई सहयोग गरेको प्रमाण भएको प्रतिवेदनले दाबी गरिएको छ। गत वर्ष उत्तर कोरियाले प्रतिबन्धित वस्तुको निर्यातबाट करिब २० करोड डलर कमाएको पनि प्रतिवेदनमा जनाएको छ। चीन, रुस र मलेसियासहित कयौं देश उत्तरकोरियालाई गैरकानुनी निर्यात रोक्न असफल रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्