सामूहिक भिडन्त



पेरिस, (एजेन्सी)
फ्रान्सिसी बन्दरगाह शहर क्यालेसमा शुक्रबार अफगान र इरिट्रियनबीच भएको सामूहिक भिडन्तमा कम्तीमा पाँचजना आप्रवासी मारिएको स्थानीय अधिकारीहरूले बताएका छन्। १६ देखि १८ वर्ष उमेरका चारजना इरिट्रियनको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। खाना वितरण भइरहेको लाइनमा उभिएकामाझ अचानक के कारणले झगडा शुरू भएको भन्ने स्पष्ट हुन सकेको छैन। ब्रिटिस च्यानल पार गरी बेलायत प्रवेश गर्नका लागि सो क्षेत्रमा सयौं आप्रवासीको जमघट भएको थियो। सन् २०१६ मा क्यालेस नजिकको ‘जंगल’ नामक शिविर भत्काइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्