उपराष्ट्रपतिविरुद्ध युद्धअपराध अरोप



काबुल, (एजेन्सी)
अफगानिस्तानका उपराष्ट्रपति जनरल अब्दुल रसिद दोस्तमविरुद्ध युद्ध अपराधको आरोप लागेको छ। दशकौंदेखि उनीमाथि मानवअधिकार उल्लंघनको आरोप लगाइँदै आएको छ। एक गम्भीर आरोपपछि उनी अहिले टर्कीमा निर्वासित छन्। सन् २०१६ मा जनलर दोस्तमको राजनीतिक प्रतिद्वन्द्वी अहमद इस्चीले आफूलाई दोस्तमको आदेशमा पिटेको र अप्राकृतिक यौन गरेको आरोप लगाएका थिए। आफूलाई रक्ताम्य नभएसम्म बलात्कार गर्न जनरल दोस्तमले आफ्ना अंगरक्षकलाई आदेश दिएको उनले बताए। दोस्तमले अफगानिस्तानको अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्