सरिता चलाउने, सल्यान । सल्यानमा उत्पादित तरकारी र फलफुल ढुक्कसँग खान जिल्ला वरिष्ठ कृषि विकास अधिकृत अमर राज शर्मा घिमिरेले आग्रह गरेका छन् ।
बिहिबार श्रीनगरमा भएको उपभोक्ता हित सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रममा उहाँले सल्यानमा उत्पादित तरकारी र फलफुल खाँदा नडराउन उपभोक्तालाई अनुरोध गर्नुभएको छ । सल्यानमा प्रांगारीक खेती प्रणालीले मात्रै उत्पादनमा वृद्धि गर्न नसकिएको भन्दै मिलाइएर प्रयोग गरिएको विषादीबाट डराउन नहुने उहाँले बताउनु भएको हो ।
जिल्लामा उत्पादित तरकारी र फलफुलमा कुनै शंका नमानेर प्रयोग गर्ने उपभोक्तालाई जिल्ला बाहिर र देश बाहिरबाट आएका हरेक खाद्यन्नलाई प्रयोग गर्दा ध्यान दिन उनले अनुरोध गर्नुभयो । जिल्लामा तरकारी मात्रै हैन चामल, दाल, जिरा, तेल जस्ता चिजमा पनि मिसावट भएको हुनसक्ने भएकाले सजग रहन घिमिरेले सबैलाई अनुरोध गर्नु भयो ।
उहाँले किसानहरुको व्यावसायीक सुरक्षाका लागि उनिहरुले विमा गर्न जरुरी रहेको भन्दै किसानलाई सहुलियत दरमा व्याज ऋण उपलब्ध गराइनुपर्ने समेत बताउनु भयो ।
आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सहयोगमा उपभोक्ता अधिकार अनुसन्धान मन्चको आयोजनमा भएको कार्यक्रममा बोल्नेहरुले सबै व्यक्ती उपभोक्ता भएकाले यसलाई विशेष ध्यान दिएर जानुपर्ने बताएका छन ।
कार्यक्रमलाई सम्बोधनका क्रममा शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले उपभोक्ताको अधिकारको कुरा गर्दा अनुगमन गर्नुपर्ने तर दक्ष जनशक्तिका साथ गर्नुपर्ने बताउनु भयो । मानिस समाजमा केहि दिनलाई आएकाले सबैले समाजमा केहि न केहि दिएर जानुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले अधिकारको कुरा गर्नेहरुले कर्तव्यको पालन गर्नुपर्ने भन्दै हरेक कुरालाई सकारात्मक तवरले बुझेर सुधार गर्दै जानुपर्ने बताउनु भएको छ । उहाँले आफु माताहतका कर्मचारीले कुनै न कुनै बहानामा सयपचास रुपैयाँ मागे तत्काल आफुलाई रिपोर्ट गर्ने पर्ने बताउनु भयो ।
त्यस्तै उद्योग विकास अधिकृत प्रदिप न्यौपानेले उपभोक्तालाई ठग्नेहरुलाई कानुनी कार्वा्हि गर्नुपर्ने बताएका थिए ।
स्थानिय तहका वडा अध्यक्षहरु, होटल व्यवसायी, उद्योग वाणिज्यसंघ तथा अन्य सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा सहभागिले जनस्तरसम्म जनचेतना जगाउन जरुरी रहेको बताएका थिए ।











प्रतिक्रिया