चिसोपीडित परिवारलाई कम्बल


 

लहान। शीतलहरका कारण पीडित विपन्न परिवारलाई सप्तरीको खड्ग नगरपालिकाले शुक्रबार कम्बल वितरण गर्नाका साथै नगरको सबै वडामा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।

नगरप्रमुख हेमायु हकले नगरपालिकाको आन्तरिक कोषबाट विपन्न समुदायका लागि एक हजार थान कम्बल तथा रेडक्रस, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाइबल समाज र एमनेष्टी इन्टरनेसनल नेपालबाट सहयोगस्वरुप प्राप्त ५२३ गरी एक हजार ५२३ थान कम्बल सम्बन्धित वडाका अध्यक्षमार्फत चिसोपीडित परिवारलाई शुक्रबार वितरण गर्नुभयो ।

नगरपालिकाले शुक्रबार नै नगरका सबै वडाका विपन्न बस्तीमा आगो ताप्न दाउरा वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तीन सातायताको निरन्तरको शीतलहरले यहाँ हालसम्म १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।