चिसोका कारण दाउरा र भुस बालेर सुत्दा दुई छोरीको गुम्सेर मृत्यु


नेपाल समाचारपत्र, सुनसरी ।

दाउरा र धानको भुसको आगो बाली सुतेको अवस्थामा ईटहरी उपमहानगरपालिका–६ नेपा भबन डेरा गरी बस्ने वतन नखुलेको आलम मियाको २ छोरीहरुको गुम्सेर मृत्यु भएको छ ।

आलम मिया तथा उनको श्रीमती र दुईजना छोरी समेत ४ जना गएको राती अत्याधिक जाडो बढेको कारण कोठामा दाउरा र धानको भुसको आगो बाली सुतेकोमा गुम्सेर सबै बिरामी भएकोले उपचारको लागि बिराट शिक्षण अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा २ छोरीहरुको मृत्यु भएको थियो । आलम दम्पतीको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।