जिल्ला अस्पताल सल्यानको एम्बुलेन्स जिर्ण



सरिता चलाउन, सल्यान । जिल्ला अस्पताल सल्यानमा रहेको एम्बुलेन्स जिर्ण भएकाले विरामीलाई सास्ती भएको छ ।
सल्याको सबैभन्दा ठुलो अस्पताल आजभन्दा १२ बर्ष अघि खरिद गरिएर संचालनमा ल्याइएको एम्बुलेन्स जिर्ण बन्दा विरामीलाई सास्ती हुने गरेको छ ।
१५ शैया रहेको अस्पतालमा विरामीको चाप दिनदिनै बढेपनि जिल्ला अस्पतालमा भएको एम्बुलेन्सको भर पर्दा विरामीहरु मारमा पर्ने गरेका छन । जिल्ला अस्पतालको एम्बुलेन्स नहुदा विरामीहरु कतै रिफर गर्नुपर्दा एम्बुलेन्स नहुदा विरामीलाइ समस्या हुने गरेको अस्पतालका डाक्टर प्रदिप शर्मा बताउनु भएको छ । जिल्लामा रहेको सबैभन्दा ठुलो अस्पतालमा एम्बुलेन्स नहुदा विरामी तथा बिरामीका आफन्तमा समस्या मात्रै हैन विरामीको ज्यानै समेत खतरामा पर्ने भएकाले यसतर्फ सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।
१५ शैयाको अस्पतालले सल्यानमा ५० विरामीलाई उपचार गरिरहेको छ यसबाट विरामीको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको भने काम गर्ने कर्मचारीहरुलाई पनि समस्या देखा परेको छ । धेरै बिरामी बढेपछि भुईमा बसाएर भएपनि बिरामीलाई उपचार गर्नुपरेको डाक्टर शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्