बलत्कार आरोपमा ८४ वर्षिय बृद्ध पक्राउ



काठमाडौं  । बालिकलाई बलत्कार प्रयासको आरोपमा ललितपुरमा ८४ वर्षिय बृद्ध पक्राउ परेका छन्। सैंबु बस्ने टेक बहादुर बस्नेतलाई ललितपुर प्रहरीले बुधबार पक्राउ गरेको हो।

सैंबुको पुरानो खोकनास्थित आफ्नै गाई फार्ममा उनले बालिकलाई बलत्कार प्रयास गरेको प्रहरीले जनाएको छ। स्कुलबाट फर्किएकी बालिकलाई फकाएर गाई फार्मको शौचालयमा लगेर बलत्कार प्रयास गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए। पक्राउ परेका बस्नेतलाई जर्बजस्तीकरणी उद्योग मुद्दामा परिसरले कारबाही अघि बढाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्