झापामा ओलीले भनेः जनताले अपेक्षा गरे भन्दा धेरै काम गर्छौँ



झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले झापा दौडाहा छन् ।

झापामा वाम गठबन्धनका सबै उम्मेद्वारले सार्वधिक मतसहित बिजयी भएपछि मतदातालाई धन्यवाद दिन ओली सोमवारदेिख झापामा छन् ।

झापा क्षेत्र नम्बर ५ बाट सर्वाधिक मतसहित विजयी ओलीले मतदातालाई भेट्दै देश विकासको जिम्मा वाम गठबन्धनको काँधमा आएको पनि बताएका छन् ।

। यहाँ अधुरा रहेका विकासका कामहरुको पूर्णता, बाटो , पुल पुलेसो लगायतका कामले अब चाँडै पूर्णता पाउने आश्वासन समेत उनले दिए ।

हुलकी राजमार्गको काम आफुले सुरु गरे पनि सरकार स्थाई नभएकाले यसले पूर्णता पाउन नसकेकोमा ओलीले दुःख ब्यक्त गरे । ‘अब ढुक्क हुनुस् बिराटनगर र भद्रपुर जान पाडाजुँगी पुग्नै पर्दैन’, उनले भने, ‘यही हुलाकी राजमार्गबाट सरर गाडी चढेर क्षणभरमै बिराटनगर र भद्रपुर जान पाउनुहुनेछ ।’

झापाको गौरादह र गौरीगञ्जमा आयोजित बधाई तथा धन्यवाद सभामा अध्यक्ष ओलीले निर्वाचनमा प्रतिबद्धता गरेका सबै कुरालाई व्यवहारमा रुपान्तरण गर्ने समय आएको बताए ।

ओलीले देशलाई समृद्ध र विकसित बनाउने अभिभारा वाम गठबन्धनको काँधमा आएकोले नागरिकले अपेक्षा गरेभन्दा बढी काम गर्ने प्रतिबद्धता समेत गरे ।

‘अब बोल्ने होइन, काम गर्ने बेला हो तपाईँहरुले हामीमाथि गर्नुभएको विश्वासको उच्च कदरसहित सम्मान हुने प्रतिदद्धता गर्दछु’, ओलीले भने । त्यसैगरी चुनावमा केही पार्टीसँग प्रतिस्पर्धा भएपनि देश विकास र समृद्धिका लागि सबैलाई समेटेर लैजाने पनि ओलीले बताए । ‘देश बिकासमा सबैको आवश्यकता र महत्व छ सबैसँग सहकार्य गरेर यो देशलाई समृद्ध बनाउँछौँ’, उनले भने ।

अध्यक्ष ओलीले क्षेत्र नम्बर पाँचको दक्षिणी भूभाग असल नेतृत्वको अभावले बिकासमा पछि परेको पनि बताए । अब यहाँको विकासको नेतृत्व आफ्नै काँधमा भएकोले यो क्षेत्रको समग्र विकासमा आफ्नो ध्यान जाने अध्यक्ष ओलीले बताए । गौरीगञ्जलाई स्मार्ट सिटीका लागि नक्सा बनाउन मात्र २ करोड छुट्याइसकेको समेत ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्