केदार घिमिरे र लालबाबु पण्डितको वार्ता



तपाईं पनि माग्ने, के माग्नु र खोई ?
बैको मायाले बाँचेको कलाकार। अहिले मलाई चौतर्फीरूपमा चुनावी कार्यक्रमको निम्तो आइरहेको छ। प्रेसर यति छ कि प्रेसरको औषधि नै खानुपर्लाजस्तो भइसक्यो, फोन बजेको बज्यै।

म सबैको कलाकार भएको नाताले कुनै दलको गुनगान गाउँदै हिँड्नु उपयुक्त हो जस्तो लाग्दैन। तथापि म यो देशको नागरिक पनि हुँ। त्यसैले इमान्दार, सच्चा राजनीति गर्ने र भिजन भएका उम्मेवारले जिते हुन्थ्योजस्तो लाग्छ। देखिन आएकाहरूमा रवीन्द्र मिश्र, गगन थापा, गोकर्ण विष्ट, जनार्दन शर्मा, लालबाबु पण्डित, बाबुराम भट्टराई आदि मलाई व्यक्तिगतरूपमा राम्रै लाग्छन्। अरू पनि होलान्। प्रायः उहाँहरुसँग कुराकानी र भेटघाट भइरहेकै हुन्छ। आज अचानक मलाई लालबाबु पण्डितज्यूको याद आयो र मैले फोन गरेर सोधें।

प्रश्नः प्रचार कस्तो चल्दै छ?
उत्तरः म त घरदैलो कार्यक्रममा डुल्दै छु।
प्रश्नः अनि आमसभा गर्नुभएन?
उत्तरः आमसभा गर्न पैसा लाग्छ केदारजी। मञ्च बनाउनुपर्छ, झण्डा, साउन्ड सिस्टम, ब्यानर, फेरि मान्छे ओहोर–दोहोर गर्न यातायातको व्यवस्था गर्नुपर्यो। मसँग पैसा छैन। खाडीमा काम गर्ने नेपालीले सय⁄पचास पठाउँछन्। त्यसबाट अलि–अलि खर्च चल्छ। लुखुर–लुखुर हिँडेर घरघरै पुगेर भोट माग्दै छु। अरू ठूला नेताहरु पनि मेरो क्षेत्रमा आउँदैनन्। अब मलाई जनताले नै जिताउँछन् भन्ने आश मात्र छ।
प्रश्नः मैले केही सहयोग गर्न सक्छु कि?
उत्तरः अब चुनाव आइनै सक्यो। मिल्छ भने तपाईंले त्यहाँबाट २⁄४ अक्षर लेखिदिनुहोला। तपाईं पनि माग्ने, के माग्नु र खोई? हा…हा…हा…।
मः हवस् हजुर, अग्रिम शुभकामना।
उत्तरः धन्यवाद।
भित्री मनलाई सोधेर भोट हालौं। हाम्रालाई होइन राम्रालाई जिताऔं।

प्रतिक्रिया दिनुहोस्