बाजुरामा अझै १० हजार निरिक्षर

0
Shares

दयाराम पण्डित, बाजुरा ।
बिकास सूचाङ्ककमा पुच्छारमा रहेको बाजुराको निरक्षरता दर अझै दश हाजार ६ सय भन्दा बढि रहेको बताइएको छ ।

जिल्ला शिक्षा कार्यालय बाजुराले बिहिवार बिहान गरेको एक कार्र्यशाला गोष्ठिमा उक्त तथ्यांक सार्वजनिक भएको हो । विगत केहि वर्षदेखि जिल्लामा औपचारिक तथा अनौपचारिक शिक्षामा अरबौं रुपैंया लगानी गरेको पाइएकोछ । यद्येपी अझै बाजुरामा ल्याप्चे छापलगाउनेको संख्या उल्लेख्य छ ।

भौगोलिक विकटता गरिबी असाह्य अपाङ्गता नै निरक्षरता प्रमुख कारण भएको जिल्ला शिक्षा कार्यालय बाजुराराका बिद्यालय निरिक्षक धर्मराज जोशीले बताउनुुभयो । उक्त तथ्यांक सार्वजनिक भएपछि गुरणस्तरीय शिक्षाले नै संमृद्धीको यात्रा तय गर्ने हुँदा जिल्लाको निरक्षारता हटाउन जिल्ला समन्वय समिती बाजुराका संयोजक नरेन्द्र कुमार रोकायले कार्यक्रमका सहभागीलार्ई आग्रह गर्नु भएको छ ।

जिल्ला शिक्षा कार्यालय बाजुराद्धारा आयोजित अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई प्रबोधिकरण कार्यशालाका सहभागीलाई बताउनुु भएको हो ।

समाजको चौतर्फी विकास गर्ने पहिलो माध्याम शिक्षा नै भएकोले सबैभन्दा पहिले समाज शिक्षित बन्नुपर्नेमा जोड दिँदै उहाँले बिगत लामो समय देखि जिल्लामा औपचारिक तथा अनौपचारिक शिक्षामा करौंड बजेट तथा सयौं जनशक्ती प्रयोग गर्दै आएको बताउँनुभयो ।

यद्येपी अझै बाजुरामा १० हजार बढि मानिसले सामान्य लेखपढ समेत गर्न नजानेको देखिएकोले निरक्षरता निर्मुल पार्न शैक्षिक अभियान सञ्चालन गर्नुपर्नेमा समन्वय समितीका संयोजक रोकायाले जोड दिनुुभयो ।

सदरमुकाम मार्तडी स्थित मालिका माविको तालिम हलमा सञ्चालन कार्यक्रममा बाजुराका नौतहमा १८६ वटा सामुदायिक शिक्षा केन्द्रमा कोटा वितरण गरिएको छ । अनौपचारिक शिक्षालाई ब्यबस्थित गर्न यस आर्थिक वर्षमा ४९ लाख आठ सय ९८ रुपैंया बराबरको बजेट स्वीकृत भएको विद्यालय निरिक्षक जोशीले जानकारी गराउनुभयो ।

सबैका लागि जीवन उपयोगी शिक्षा बनाउन जोड दिदै बाजुराका २७ जना अपांङ्गता भएका ब्यक्तीलाई रोजगार दिन जिल्ला अपांगसंघका सदस्य एबं सत्यवादी मावि भौनेराका प्रअ मानवहादुर हामलले अनुरोध गर्नुभएको छ ।