नेपाल समाचारपत्र
भैरहवा
भारतको गोरखपुरनजिक पुरन्दरपुर भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ। रेडिमिक्स मिक्सर र कार एक आपसमा ठोक्किँदा सात जना नेपालीको मृत्यु भएको थियो। उक्त घटनामा एक जना भारतीयको पनि मृत्यु भएको बताइएको छ।
भारतीय प्रहरीका अनुसार गोरखपुर–नौतनवा सडक खण्डको पुरन्दरपुरमा भएको उक्त दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको हो। उनीहरूको अझै पनि सनाखत हुनसकेको छैन।
गोरखपुरबाट सुनौली आउँदै गरेको यूपीसीटी ७२०२ नम्बरको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको मिक्सर एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। मृतक सबैको घटनास्थलमै मृत्यु भएको हो। नेपाली सीमाबाट दुर्घटनास्थल करिब ३५ किलोमिटर टाढा पर्दछ।











प्रतिक्रिया