अरुण गाउँपालिका कार्यालय तोडफोड


 

भोजपुर, २८ साउन । तीन बालबालिका मृत्यु भएको घटनाको रहस्य पत्ता नलागेको भन्दै अरुण गाउँपालिका–३, प्याउलीका स्थानीयले कार्यालय तोडफोड गरेका छन् ।

बिहीबारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका उनीहरुले अरुण गाउँपालिकाको कार्यालय खोलेको भन्दै आज तोेडफोड तथा राष्ट्रिय झण्डासमेत जलाउने प्रयास गरेका हुन् । त्यस्तै, उनीहरुले भोजपुर–धरान मुख्य राजमार्गमा समेत चक्काजाम र रुखहरु ढालेर सडक अवरुद्ध गरेका छन् ।

उनीहरुले अरुण गाउँपालिकाभित्रका सबै कार्यालय, होटल, पसलसमेत ठप्प पारेका छन् । पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायत माग राखी आन्दोलनमा उत्रिएको स्थानीय इन्द्र फुँयालले बताउनुभयो ।

यता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको अनुसन्धान गरी फर्किसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित र चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा तथा आठ वर्षीय छोरा प्रदीप म¥याङडाँडाको पोखरीमा केही साता अघि मृत अवस्थामा भेटिएका थिए । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।