राष्ट्रिय युवा शक्तिमा १४ पदाधिकारी

0
Shares

 

नेपाल समाचरपत्र
काठमाडौं
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेता केशरबहादुर विष्ट र राष्ट्रिय युवा शक्तिका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा भएको बैठकले राष्ट्रिय युवा शक्तिको १४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ।

समितिको अध्यक्षमा गुरुङ तथा उपाध्यक्षमा नन्दसिंह ठकुरी, महासचिवमा सागर न्यौपाने, कोषाध्यक्षमा राजु राई तथा सदस्यहरुमा विकास गौतम, विशाल पराजुली, विनोद बानिया, वसन्त लामा, अमृत क्षत्री, सुरेन्द्र ठाकुर, विष्णुहरि पाण्डे, जनम थापा मगर, श्याम बस्नेत र नारायणी लदिम राई चयन हुनुभएको छ।