काँग्रेसको अग्रता कायमै



 

विराटनगर, २३ असार । विराटनगर महानगरपालिको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा प्राप्त जानकारीअनुसार आज अपराह्न १ बजेसम्ममा प्रमुखमा नेपाली काँग्रेसका भीम पराजुलीको १४ हजार ४४४, नेकपा (एमाले)का विनोद ढकालको ११ हजार १५४ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवको १० हजार ३४१ मत छन् ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीको १२ हजार ६१६, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको आठ हजार २२ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको सात हजार १६७ मत छन् । रासस

प्रतिक्रिया दिनुहोस्