रङ्गेलीमा माओवादी केन्द्र विजयी


 

विराटनगर, २२ असार । मोरङको रङ्गेली नगरपालिका प्रमुखमा नेकपा(माओवादी केन्द्र)का दिलिप बगडिया आठ हजार ६८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले छ हजार १८६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा विवाद

उपप्रमुख पदमा झिनो मत अन्तरका कारण सामान्य विवाद भएपछि वडा नं ६ को पुनःमतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकपछि सो निर्णय गरेर पुनः मतगणनाको काम सुरु भइसकेको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिनुभयो ।

सो पदमा माओवादी केन्द्रकी केशवकुमारी खरालको पाँच हजार ७२० र नेपाली काँगे्रसकी राधादेवी मण्डलको पाँच हजार ७०८ मत रहेको गणना गरिएको बताइएको छ । काँग्रेसले मतगणनामा गडबडी भएको जनाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । उपप्रमुखको घोषणा वडा नंं ६ को मतगणना सकिएलगत्तै हुने निर्वाचन कर्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।