डा.केआईसिंह गाउँपालिकामा कांग्रेस



डोटी, (नेस)
डोटीको डा.केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसको पूरै टिम विजयी भएको छ। कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाहीले ३ हजार १ सय ८८ मत ल्याएर गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १ हजार ६ सय २१ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै कांग्रेसकै मिना विष्टले ३ हजार १ सय ७५ मत ल्याएर उपप्रमुखमा विजयी हासिल गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीदेवी जोशीले १ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ।

माओवादी केन्द्रका शिद्धराज भाटले ९ सय १६ मत ल्याउनुभएको छ। ७ वटा वडा रहेको उक्त गाउँपालिकामा पूरै कांग्रेस टिम विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस्