प्युठानको सरुमारानीमा सुर्यको जित



सलिम अन्सारी,प्युठान  ।

प्युठानको सरुमारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन।

सरुमारानीमा एमालेका उम्मेद्धार झग बहादुर बिश्वकर्माले ३ हजार ६ सय ७७ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतीद्धन्द्धी माओबादी केन्द्रका डोर बहादुर दर्लामिले २ हजार २ सय ४१ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै मिना सोमै मगरले ३ हजार ६ सय ८० मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतीद्धन्द्धी माओबादि केन्द्रकी लक्षमि पल्लिले २ हजार १ सय १५ मत ल्याउनुभयो ।

सरुमारानी पालिकामा रहेका ६ वार्ड मध्ये ४ वटामा एमालेले पुरैप्यानलै जितेको हो।र अन्य दुई वटा वार्डमा माओबादी केन्द्र र काङ्ग्रेस बिजयी भएका छन। सरुमारानी -५ र १ नम्वर बाहेकका वार्डमा एमालेले जितेको हो। त्यस्तै मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात पारिन ।

जिल्लाको अन्य ७ वटा स्थानीय तहमा मतगणना भैरहेको छ । मुख्य निर्बाचन अधिकृत बाँसुदेव न्यौपानेका अनुसार यो खबर तयार पार्दा सम्म जिल्लाका ६४ मध्ये २९ वटा वडा को अन्तिम नतिजा आइसकेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्