पञ्चेश्वरमा एमाले



 

बैतडी, १६ असार । पञ्चेश्वर गाउँपालिकामा नेकपा (एमाले)का गोरखबहादुर चन्द दुई हजार ६०८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेशबहादुर चन्दले एक हजार ७१८ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै विना भट्ट दुई हजार ४२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसकी विन्दु चन्दले एक हजार ८७४ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्