चुनाव लडन स्थायी शिक्षकबाट राजिनामा



सलिम अन्सारी,प्यूठान

हँसपुरमा २०३१ सालमा जन्मिएका झग बहादुर बिश्वकर्मा माले कालबाटै राजनीतिमा प्रवेश गरेका हुन। एमाले गठन हुनुभन्दा अघि २०४५ सालमा शिक्षक चन्द्र बहादुर थापाको सम्पर्कबाट बहुदल प्राप्तीको आन्दोलनमा सहभागी हुदै उनि राजनीतिमा लागेका हुन।

आफनो राजनीति गुरु बताउने उनले थापाकै हातवाट पार्टीको सदस्यता लिएको स्मरण समेत गरे। हाल नेकपा एमाले प्यूठानका जिल्ला सचिवालय सदस्य बिश्वकर्माले २०५२ सालमा एमालेको सँगठित सदस्यता पाए।

उनले गाउँ कमिटी सचिवबाट ४ नम्वर इलाका सचिव हुँदै जिल्ला पार्टीका सल्लाहकार समितीका सदस्यको जिम्मेवारी सम्हालिसकेका छन।

पार्टीको आठौ राष्टिय महाधिबेशनमा उनि प्यूठानबाट महाधिबेशन प्रतिनिधि समेत भए। बिध्यार्थीकालमा उनि अनेरास्वबियूवाट रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा विज्ञान सँकायको सहप्रारम्भिक कमिटीको अध्यक्ष भएर काम गरे।

नेकपा एमालेले सँचालन गर्ने हरेकजसो कार्यक्रम र आन्दोलनहरुमा अग्रमोर्चामा देखिने झग बहादुर बिश्वकर्मा सरुमारानीलाइ सुन्दर,सभ्य र सम्बृद्ध बनाउने सपना सहित राजनीतिमा होमिएको बताउछन।

सामान्य किसान परिवारमा जन्मिएका उनको जीवनशैली पनि सामान्य नै छ। एउटा सक्षम र असल नेता बन्न अनुभवका साथै शैक्षिक योग्यता पनि उतिकै बनाएका उनले आफनो दलले गरेको बिश्वास र दिएको जिम्मेवारीप्रति बिश्वस्त छन। एमालेको तर्फवाट आइतवार मात्र सरुमारानी गाउँपालिकाको अध्यक्ष पदमा उनले उम्मेद्धवारी दिएका छन।

सरुमारानी क्षेत्रमा राजनीति र सामाजिक क्षेत्रमा ओझीलो छवी बनाएका बिश्वकर्मा लामो समय गाउँको एक बिद्यालयमा शिक्षक पेशामा सँलग्न थिए। हँसपुरको सरस्वती माबि चाभामा सहप्राचार्य पदबाट राजिनामा दिएर यतिवेला उनि चुनावी मैदानमा उत्रिएका छन।

एघार वर्ष अस्थायी पढाए,दश वर्ष स्थायी उनले भने पेन्सन पाउन अवधि अझै दश वर्ष थियो। उपदानमै चित्त बुझाएर राजिनामा दिएँ। २०५२ सालदेखि तीन वर्ष सरुमारानी गाउँपालिका ६ तिरामस्थित सरुमारानी निमावी वुढीचौरमा अस्थायी रुपमा पढाएको उनले बताए।

अवको समय सामाजिक क्षेत्रमै खर्चिने उनको भनाइ छ। सरुमारानी पालिकामा उनको उम्मेद्धवारीले काग्रेस र माओबादीलाइ जित हासिल गर्न फलामको चिउरा चपाए जस्तो कठिन हुने बिश्लेषण गर्न थालिएको छ। एमालेको आधार क्षेत्रलाइ बचाउन एमालेले पनि ठूलै कसरत गर्ने बिश्लेषण गरिएको छ। २०४८ सालपछिको स्थानीय निकाय,सँसदिय र सँबिधानसभा निर्वाचनमा एमालेले आफनो बर्चस्व राख्नुले त्यस्को पुष्ठि गर्छ।

उनलाइ नजिकबाट चिन्नेहरु बिश्वकर्मालाइ द्धढ इच्छाशतmी भएको,कर्तव्यनिष्ठ र समन्वय गरेर अघि बढन सक्ने क्षमतावान नेता भएको बताउँछन। उनी सवैलाइ मिलाएर लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुन।उनका समकक्षीहरु भन्छन। जनताका कुरा सुन्ने नेता मध्य उहाँ एक हुनुहुन्छ। नेता बिश्वकर्माले गाउँपालिका जितेपछि गर्ने योजनाहरुको व्यबस्थित प्रतिबद्धता समेत सुनाए।

उनले पुर्वाधार बिकास,कृषि,पर्यटन,सुशासन जस्ता मुलभुत कुराहरुमा बिशेष ध्यान दिने बताए।प्रतिवद्धता अनुसार काम गर्नेछौ,बिश्वकर्माले भने जितेपछि प्रतिपक्षको पनि चित्त वुझाएर अघि बढने छौ।

जनताले गुनासो गर्ने ठाउ दिइने छैन उनले भने।प्यूठानमा आधा दर्जन शिक्षकले आशन्न स्थानीय तहको चुनाव लडन उम्मृद्धवारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्