झापाका होटलमा प्रहरीको छापा, एघार जना नियन्त्रणमा



नेपाल समाचारपत्र, भद्रपुर । प्रहरीले झापामा तिनवटा होटलमा छापा मारी होटल सञ्चालकसहित एघार जनालाई नियन्त्रणमा लिएको छ ।

स्थानीय मानिसहरुको जनगुनासोको आधारमा इलाक प्रहरी कार्यालय अनारमनीवाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो छापा मारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले झापा बिर्तामोड न.पा.वडा नं. ४ मा रहेको मेचीकोशी टप होटल एण्ड लजबाट संचालक सहित २ पुरुष २ महिला, ३६५ क्याफेबाट संचालक सहित २ महिला, ५ भारतीय पुरुष र शनिअर्जुन न.पा.वडा नं. ११मा रहेको निषा होटल एण्ड लजबाट १ पुरुष १ महिला समेतलाई फेला पारेको इलाक प्रहरी कार्यालयका डिएसपी केशव थेबेले जनाएका छन् ।

संञ्चालकले यौनधन्दा चलाएर सामाजिक प्रतिष्ठामा आघात पुर्याएको तथा गैरक्रियाकलाप गतिविधि गरेको फेला पारेपछि संलग्नलाई पक्राउ गरिएको डिएसपी थेबेले बताए । पक्राउ परेकालाई सोहि दिन सार्बजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विर्तामोडमा यस्ता गतिविधि निरन्तर रहिरहेपनि प्रहरीले सवै होटलमा छापा पारेको पाइदैन र होटलमा हुने यौन गतिििवधि नियन्त्रणमा प्रहरी असफल भएको छ । कतिपय होटलमा प्रहरीकै संरक्षण गैरक्रियाकलाप भइरहेको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्