हिउँबाट चिप्लेर खसेकाको एपीएफ टोलीद्वारा उद्वार



नेपाल समाचारपत्र, मुस्ताङ । मुस्ताङ जिल्लाको बारागाउँ मुक्तिक्षेत्र गाउँपालिका २ स्थित थोरङ्ग भन्ने स्थानमा हिउँबाट चिप्लिएर करीव ६० मिटर तल खोचमा खसेका एक जना भारतीय पर्यटकलाई एपीएफ टोलीले बैशाख २५ गते सकुशल उद्वार गरेको छ ।

मुस्ताङ घुम्न आएका भारतको कोलकत्ता घर बताउने ६० वर्षिय देवनारायण चक्रवती हिजो साँझ हिउँमा चिप्लिएर पहाडको खोचमा खसेको बताइएको छ ।

सो बारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङबाट उद्वार कार्यको लागि तत्कालै एपीएफ टोली खटिएको थियो ।

सशस्त्र प्रहरी नायव निरीक्षक विश्वराज कुँवर क्षेत्रीको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई घाइते अवस्थामा फेलापारी सकुशल उद्वार गरेको हो ।

निज चक्रवतीलाई एपीएफ टोलीले उद्वार लगत्तै उपचारको लागि जोमसोम स्थित अस्पतालतर्फ पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्