नेपाल समाचारपत्र, हेटौंडा ।
मकवानपुरगढी दरबार क्षेत्रले देशलाई चिनाएको छ । नेपालको मुख्य मानिएको मकवानपुरगढीलाई लामो प्रयासपछि ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीयरुपमा विकास गरिने भएको छ । गढी क्षेत्रलाई बहुवर्षे योजनाअनुसार विकास गर्ने लागिएको छ ।
मकवानपुरगढी पर्यटन विकास समन्वय समितिले यस्तो योजना अघि सारेको हो । समिति सचिव इतिहास खोजकर्ता केदारप्रसाद न्यौपानेले करिब ४० करोड लागतमा बहुपक्षीय पर्यटकीय विकास गर्न गुरुयोजना तयार पारिसकिएको बताए । उनका अनुसार समितिले बहुवर्षे गुरुयोजनामा टोपोग्राफी नक्सा तयार पारेर पुरातत्व विभागलाई बझाइएको छ ।
उनका अनुसार गुरुयोजनामा गढी क्षेत्रभित्र गढी किल्ला, दरबार, र द्वारलाई ऐतिहासिक, वंशीगोपाल र सिद्धेश्वर मन्दिरलाई धार्मिक, दृश्यालोकन टावर, होटल र मनोरम दृश्यलाई पर्यटकीय र संग्रहालयलाई पुरातात्विक विकास गरिने छ ।
१२ करोड ९४ लाखमा किल्ला, ८ करोड १० लाखमा दरबार, ४५ लाखमा संग्रहालय, ८० लाखमा बगैंचा, ८१ लाखमा ६ वटा पिकनिक स्पट, १ करोडमा पानी व्यवस्थापन, १ करोड ६८ लाखमा मन्दिर र २८ लाखमा गेट निर्माण गरिने लागत अनुमान छ । तत्कालीन नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री इन्द्रबहादुर बानिया“ले यसबारे प्रक्रिया अघि बढाएका थिए ।
गढीमा २ वटा संग्रहालय रहने छन् । तामाङ, मगर र गढी संग्रहालयलाई विशेषरुपमा निर्माण गरिने छ । गढी क्षेत्रमा तामाङको बाहुल्यता रहेकाले तामाङका ऐतिहासिक गतिविधि झल्कने सामग्री त्यहा“ राखिने छ । संग्राहलयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक वस्तु राखिने पनि राखिने छन् ।
मकवानपुरगढीको इतिहासमा ठूलो प्रभाव छ । हेटौंडाबाट करिब १५ किलोमिटर पूर्वमा महाभारत डा“डाको टुप्पामा मकवानपुरगढी पर्दछ । नेपालको एकीकरण हुनुपूर्वको एक शक्तिशाली राज्य हो यो । त्यहा“ सेनवंशीहरुले राज्य गर्थे । माटोको ढिस्कोमुनि चा“ही उहिले राजाको सेतो हात्ती गाडिएको थियो भनिन्छ ।
यस्तो महत्वपूर्ण स्थानमा गढी दरबार, किल्ला र गेट निर्माण गर्दा ऐतिहासिक स्वरुप नमेटिने र मोडेल परिवर्तन नहुने किसिमले वैज्ञानिक तवरबाट निर्माण गरिने छ । गढीको विकास र सञ्चालनका लागि पर्यटकीय क्षेत्र निर्माणलाई प्राथमिकतामा राखेर समुद्री सतहबाट करिब १ हजार १९ मिटर उचाईंमा रहेको गढीबाट दृश्यालोकन गर्न सुविधासम्पन्न भ्युटावर निर्माण गर्ने योजना छ । टोपो नक्सा निर्माणका लागि जिल्ला समन्वय समिति र गुरुयोजना बनाउन पुरातत्व विभागले आर्थिक सहयोग गरेका थिए ।
देशका गढीहरुमध्ये आफ्नो विशिष्ट पहिचान र गौरवगाथा बोकेको ऐतिहासिक महत्वको मकवानपुरगढी र दरबारपरिसरमा विभिन्न व्यावसायिक संस्थाले अतिक्रमण गरेर ऐतिहासिक महत्वको गरिमालाई धमिल्याउने काम गरेको भन्दै धार्मिक, ऐतिहासिक धरोहर सरोकार समूह मकवानपुर अध्यक्ष ओकिलराज बानिया“ले दिएको पत्रका आधारमा पुरातत्व विभागले आवश्यक कारबाहीका निम्ति मकवानपुर प्रशासनलाई पत्र लेखेको थियो ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुरुप प्राचीन महत्वका स्मारक संरक्षण गर्नुपर्ने दायित्व पुरातत्व विभागको कार्य क्षेत्रभित्र पर्ने भएको भन्दै विभागकी लिपि अधिकृत सविता न्यौपाने (पौडेल) ले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्र लेखेकी हुन् । पत्रमा पुरातात्विक सम्पदा संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीलाई दायित्व तोकिएको स्मरण गराउँदै गढी क्षेत्रमा भइरहेका नवनिर्माण कार्य हटाएर परिसरवरिपरि अतिक्रमण तत्काल बन्द गरी सम्पदा संरक्षण कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।











प्रतिक्रिया