नेपाली चेलीको दिल्ली पुगेर उद्धार



?

सीताराम चौधरी, कपिलवस्तु ।
विचौलियाको प्रलोभनमा परी दुई वर्षअघि भारतको दिल्ली पु¥याइएकी एक नेपाली चेलीको शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले उद्धार गरी आइतबार नेपाल फर्काएको छ ।
शान्ति पुनस्र्थापना गृह नेपालकी अध्यक्ष शान्ता सापकोटा नेतृत्वको टोली भारतको दिल्ली पुगी दिल्लीको एक कोठीबाट १५ वर्षीय बालिकाको उद्धार गरेको हो । उद्धार टोलीमा पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराई, चितवनकी महिला समाजसेवी बुद्धिमाया घले, हेल्पक्रस देहरादुनका विशाल थापा, बालिकाको अभिभावक, पीआरसी कर्मचारी काजल तथा दिल्लीस्थित स्थानीय विद्यार्थीसमेत ७ जना थिए । स्थानीय विद्यार्थीहरुकै अगुवाईमा बालिकाको उद्धार गर्न सफल भएको पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।
उद्धार गरिएकी बालिकाको स्थायी घर मकवानपुर भएपनि चितवन बसी कक्षा ६ मा पढ्दै थिइन् । बालिका निम्न परिवारकी हुन् । मकवानपुर घर भएका हाल चितवन बस्दै आएका उर्मिला तामाङ, सुकमाया तामाङले त्यतिबेला १३ वर्षकी बालिकालाई सिलाईकटाई, ब्यूटीपार्लर तालिम दिई राम्रो जागिरमा लगाइदिने प्रलोभन देखाई दिल्ली पु¥याएको बताइएको छ ।
बालिका दिल्लीको कोठीमा रहेको विशेष सुराक पाएसँगै साताअघि अभिभावकसहित पीआरसी टोली नेपालबाट दिल्ली प्रस्थान गरेको थियो । बालिका बेचविखनमा संलग्न नेपालकै व्यक्तिले फोन गरी जानकारी गराएपछि कोठी संचालकले सबै बालिकाहरुलाई ठाउँसारी गरिसकेको थियो ।

पीआरसी संयोजक भट्टराईले भन्नुभयो –“जब हामी दिल्लीको कोठीमा पुग्यौं, संचालकले चेलीहरुलाई भगाईदिएको थियो । स्थानीय विद्यार्थीहरुको विशेष अगुवाईमा छापा मारी बालिकालाई उद्धार गर्न सफल भयौं । बालिकालाई उद्धार गर्ने क्रममा कोठी संचालकसँग एकछिन झडप समेत भयो’ उहाँले भन्नुभयो, ‘तर आफूहरु एक बालिकालाई मात्र उद्धार गर्न सफल भएको भयौं ।’

बालिकाले दिएको बयान अनुसार उर्मिला तामाङ र सुकमाया तामाङले बालिकालाई दिल्ली लगी विक्री गरेका थिए । उर्मिला तामाङ केही वर्षपहिले नै मानव तस्करीकै घटनामा पक्राउ परिसकेकी छन् । तर सुकमाया तामाङ भने फरार रहेको बताइएको छ । घटनामा उनीहरुबाहेक अन्य विचौलियाको समेत संलग्नता रहेको पीआरसीले जनाएको छ । उद्धार गरिएकी बालिकालाई आइतबार राति चितवन ल्याइपु¥याएको भट्टराईले जानकारी दिनुभयो ।
विचौलिया विरुद्ध चितवन प्रहरीमा जाहेरी दर्ता गराई विशेष खोज अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ । उद्धार गरिएकी बालिकालाई पीआरसीले पुनस्र्थापना केन्द्रमा राखी सीपमूलक कार्यमा लगाउने पीआरसी अध्यक्ष शान्ता सापकोटाले जानकारी दिनुभयो ।
पीआरसी संयोजक भूमिराज भट्टराई नेतृत्वको टोलीले साताअघि पनि चितवनकी एक बालिकालाई भारतको अलिगढवाबाट उद्धार गरी परिवारको जिम्मा लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्