निर्धारित समयमैं निर्वाचन हुने– उपप्रधानमन्त्री निधि



विराटनगर, १४ चैत । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै निर्वाचन हुने बताउनुभएको छ ।

प्रेस युनियन मोरङद्वारा आज विराटनगर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले एकै चरणमा मुलुकभर निर्वाचन सम्पन्न हुने बताउनुभयो ।

उपप्रधानमन्त्री निधीले मधेसी मोर्चालाई सहमत गराएर मोर्चासहितको सहभागितामा निर्वाचन हुने बताउँदै “सीमाङ्कनको समस्या अहिले समाधान गर्ने वा सीमाङ्कनका लागि अधिकार सम्पन्न आयोग गठन गरेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको छ भन्नुभयो ।”

स्थानीय तहको निर्वाचनका समयमा सुरक्षा व्यवस्थाको प्रभावकारी व्यवस्थापनका लागि सुरक्षा निकायसँग आजै छलफल गरिने जानकारी गराउँदै उहाँले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न हुने विषयमा ढुक्क रहन आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्