देउरानीले गरिन जेठानीको हत्या



विनोद सिंह विष्ट, बैतडी ।

देउरानीको ढ्ु्ङ्गा प्रहारवाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपीहिमाल गाउँपालिका ३ खण्डेश्वरीकी ५० बर्षिया नर्मा देवी कार्की रहेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।

गएराती घरायसी विवाद हुदा देउरानी ३५ बर्षिया चैती देवी कार्कीले ढ्ु्ङ्गा प्रहार गर्दा जेठानी नर्माको मृत्यु भएको हो । प्रहरी नायब उपरिक्षक खनालले भन्नुभयो “चैतीको मानसिक सन्तुलन ठिक नभएको भन्ने बुझिएको छ ।”

हत्या गर्ने चैतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चैतीविरुद्ध कर्तव्य ज्यान मुद्धा अन्र्तगतको मुद्धा चलाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्