शहीद परिवारलाई भेट्न ओली आज पुनर्वास जाने



कैलाली, (नेस)
शहीद गोविन्द गौतमका परिवारलाई भेट्न एमालेका अध्यक्ष केपी ओली आज कञ्चनपुरको पुनर्वास जानुहुनेभएको छ।

सीमा रक्षा गर्दा भारतीय सुरक्षाकर्मीको गोली लागेर गत बिहीबार आनन्दबजारमा ज्यान गुमाएका शहीद गोविन्द गौतमका परिवारलाई भेट्न सो क्षेत्रमा जान लाग्नुभएको हो।

अध्यक्ष ओलीसंगै वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेललगायतका एमाले नेताहरू शहीद गौतमका परिवारलाई भेटन उहाँहरूको घरमा जाने कार्यक्रम रहेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभयो।

देशको सीमा रक्षा गर्दा मारिएका गौतमको अन्त्येष्टि र परिवारलाई भेट्न कोही पनि राष्ट्रिय नेताहरू नआएको गुनासो आइरहेको बेला एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेता पहिलोपटक कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजार आउने खबर सुनेपछि स्थानीय बासिन्दाहरू खुसी भएका छन्। एमालेले गौतमको हत्या भारतीय सुरक्षाकर्मीले गरेको भन्दै भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने र पीडित परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्