भारतमा उच्च भेटघाट गर्दै गृहमन्त्री



आज जाने, मोदीदेखि गान्धीसम्मलाई भेट्दै
काठमाडौं, (नेस)
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज सोमबार भारत जानुहुने भएको छ।

इन्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो।

तीनदिने भारत बसाइका क्रममा गृहमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी, कांग्रेसका नेता राहुल गान्धीलगायतसँग भेट गर्नुहुने भएको छ।

उहाँले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा भारतीय नेताहरूसँग कुराकानी गर्नुहुने उहाँका प्रेस संयोजक रामजी दाहालले जानकारी दिनुभयो।
दाहालका अनुसार गृहमन्त्रीले कन्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर मारिएका गोविन्द गौतमका बारेमा समेत कुराकानी गर्नुहुने भएको छ। गृहमन्त्रीले भारतका राष्ट्रपतिलाई भेट्न समय लिइरहनुभएको तर तय भइनसकेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्