एमाले युरिया मल हालेर बढेको होइन ः ओली



घनश्याम बगाले—
नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी युरिया मलले हालेर बढेको नभै जनताको समर्थनले अघि बढेको बताउनुभएको छ ।
शनिबार नवलपरासीको कावासोतीमा आयोजित मेची–महाकाली राष्ट्रिय अभियान सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
मकवानपुरको हेटौडाबाट नारायणगढ हँुदै कावासोती आईपुग्नुभएका ओलीले सप्तरीको दुखद् घटनाका कारण ३ दिन स्थगन भएको अभियान जारी रहने बताउनुभयो ।
ओलीले कञ्चनपुर घटना भारतीय अहंकारबादले घटाएको भन्नुहुँदै यस्तो हेपाहा प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो ।
पुर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले एमाले शुरू गरेको मेची–महाकाली अभियान कसैकोविरुद्ध लक्षित नभै एमाले आफ्ना धारणा जनताबीच राख्न भएको बताउनुभयो ।
एमाले अर्का वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले देश विकासको बाधक गरिव र बेरोजगारी भएकोले नेकपा एमालेले यसलाई उन्मुलन गरिछाड्ने दावी गर्नुभयो ।
पार्टी स्थायी कमिटी सदस्य एवं ४ नम्बर क्षेत्र ईन्चार्ज किरण गुरुङ्गको अध्यक्षतामा भएको सो सभामा सचिव प्रदिप ज्ञवाली, पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, बैकल्पिक केन्द्रिय सदस्य तिलक महतलगायतले सम्वोधन गर्नुभएको थियो ।
अभियान शनिबार कावासोती बास बसी आईतबार नवलपरासीको भूमही र रुपन्देहीको बुटवल सभामा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष रोशन गाहाले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्