एन प्याब्सन ललितपुरको तेस्रो अधिवेशन सम्पन्न



ललितपुर,(नेस) । निजी विद्यालयले गुणस्तरीय शिक्षा सर्वसुलभ बनाउन निर्वाह गरेको भूमिकालाई राज्यले यथोचित कदर गर्नुपर्नेमा जोड दिँदै नेशनल प्याब्सन ललितपुरको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले उद्घाटन गर्नुभएको सो अधिवेशनमा सहभागी वक्ताहरूले निजी विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई राज्यले नकारात्मक रूपमा नलिन आग्रह गरे । ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले ऐन, नियमको परिधिभित्र रहेर निजी विद्यालयले विद्यार्थीहरूसंग शुल्क लिनुपर्ने र व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो ।
सो समारोहमा नेशनल प्याब्सनका जिल्ला अध्यक्ष राजेश महर्जनले मुलुकको शिक्षाको विस्तार र सर्वसुलभ बनाउन सरकारले निजी विद्यालयहरुको संगठनलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष महर्जनले निजी विधालयलाई नाफामुखी भएको भन्ने राज्यको दृष्टिकोण बदल्नुपर्ने खाँचोसंगै निजी विधालयहरूले आफूभित्र रहेको कमीकमजोरी पनि सच्याउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा उपाध्यक्ष हरिप्रसाढ सेढाई, सचिव तारा सापकोटालगायतले शिक्षासम्बन्धी नीति तर्जुमा गर्दा निजी विद्यालयको साथ र सहयोग लिनुपर्नेमा खाँचो औल्याउँनुभयो ।
अध्यक्षमा फेरी महर्जन
त्यसैगरी अधिवेशनले पुनः राजेश महर्जनलाई आउँदो दुई वर्षका लागि अध्यक्षमा पुनः चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि सेढाई, उपाध्यक्षद्वयमा गोविन्द पोखरेल र विकेश महर्जन, सचिवमा तारा सापकोटा, कोषाध्यक्षमा संगम महर्जन, सहसचिवमा जितबहादुर क्षेत्री, सहकोषाध्यक्षमा रमेश कोइराला रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा उमिता बज्राचार्य, लिटल वल्ड मन्टेश्वरीका रेणुका बज्राचार्य, गोपाल अधिकारी, विकास महर्जन, सीपी पराजुली, सिहराज थापालगायत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्