स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह



काठमाडौँ, २८ फागुन । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ महानगर कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो कुनै पनि अवस्थामा सरकार चुनाव गराउन प्रतिवद्ध छ, त्यसका लागि आवश्यक गृहकार्य भइरहेको छ ।

उपप्रधानमन्त्री थापाले स्थानीय चुनाव राप्रपाको मुल एजेण्डा भएको बताउँदै जनतालाई चुनावका बारेमा आश्वस्त पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

पार्टीका महामन्त्री जयन्त चन्द, नेता राजाराम श्रेष्ठ, देवेन्द्र प्रधानलगायतले संविधान कार्यान्वयनका लागि निर्धारित समयमै तीन तहको चुनाव गराउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्