एक सय बढी टहरा भत्काइयो



गौशाला, २३ फागुन । महोत्तरीको जलेश्वर नगरपालिकाले आइतबार जिल्ला सदरमुकाम जलेश्वरभित्रका १०० बढी घरटहरा भत्काएको छ ।

नगरभित्रको बाटो फराकिलो बनाएको र पसलेले अतिक्रमण गरेको जग्गा खाली गराएको भन्दै जलेश्वर नगरपालिकाले नगरभित्रका १०० बढी पसल जथाभावी तोडफोड र भत्काउने काम गरेको पसलेले आरोप लगाएका छन् ।
यता नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नगरभित्रको अतिक्रमित जग्गा खाली गराएको बताउनुभयो ।

यसरी नगरपालिकाले एकाएक व्यापारीको संरचना भत्काउन थालेपछि व्यापारीले नगरपालिकाको स्काभेटरलाई नगरपालिका कार्यालयकै अगाडि घेरेर सामान्य ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।

व्यापारीले स्काभेटरमा तोडफोड गर्दा स्थिति तनावग्रस्त बनेपछि आईतबार साँझ सर्वदलीय समितिले नगरपालिका कार्यालय प्रमुख भानुभक्त बरालसँग वार्ता गरेका थिए । तर सो वार्ता निष्कर्षविहीन भयो । रासस

प्रतिक्रिया दिनुहोस्