हत्या गरी पुरेको अवस्थामा युवतीको शव



 

भक्तपुर, २१ फागुन । नगरकोट नगरपालिका–११ मुहान पोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ ।

अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान सुरु गरेको जानकारी दिँदै उहाँले युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्