नेपाली विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति



नेपाल समाचारपत्र

काठमाडौं
काठमाडौंस्थित पाकिस्तानी दूतावासले नेपालका २ सय विद्यार्थीका लागि प्रतिव्यक्ति १० हजार रुपियाँका दरले माध्यमिक तहको शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराएको छ।

शुक्रबार राजधानीमा आयोजित एक समारोहमा शिक्षामन्त्री धनीराम पौडेल र नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत जाभेद अहमद उमरानीले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्