सिंचाइका कर्मचारीको अधिवेशन



ललितपुर, (नेस)
निजामती कर्मचारी युनियन (संघ)अन्र्तगत सिंचाइ विभाग कार्य समितिको सातौं अधिवेशन सम्पन्न भयो।

राष्ट्रसेवा तटस्थता निष्पक्षता र कर्मचारीबीच एकता भन्ने नाराका साथ शुरु भएको अधिवेशनको उद्घाटन गर्दै सिंचाइमन्त्री दीपक गिरीले अधिवेशनले विगतको कार्यको समिक्षा गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन नयाँ उर्जाका साथ कर्मचारीहरू अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले कृषिको मूल आधार नै सिंचाइ रहेको जनाउँदै सरकारले गाउँगाउँमा सिंचाइ सुविधा पुत््त््त््त््र्याउन तत्पर रहेको बताउनुभयो।
सो अवसरमा विभागका महानिर्देशक राजेन्द्र अधिकारीले अधिवेशनले कर्मचारीको पेशागत क्षमता अभिवृद्धि गराउनुका साथै सेवा प्रवाहको गुणस्तरीयता बढाउने विषयमा विचार विमर्श हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्