डडेलधुरामा जिप दुर्घटनाः पाँचको मृत्यु, ६ घाइते



रामबहादुर धामी, डडेलधुरा ।

डडेलधुरामा जिप दुर्घटना हुँदा घटना स्थलमै पाँच जनाको ज्यान गएको छ । भने ६ जना गम्भीर घाइते भएका छन्।

जिल्लाको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ८३३ नम्बरको जीप बुधबार बिहान पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भने अन्य ६ जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन भने घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ।

गाडीमा ११ जना यात्रु रहेको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्