बालुवाटार बैठकको निर्णयः स्ववियु चुनाव जसैगरी पूर्व निर्धारित तिथिमा



ईश्वरराज ढकाल, काठमाडौं ।
स्ववियुको चुनाव तोकिएको समयमै जसैगरी हुने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सहित शीर्ष दलको शीर्ष नेता र त्रिविका तीन पदाधिकारी बिच बसेको बैठकले सो निर्णय गरेको हो ।

सो बैठकमा त्रिविका कुलपती एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहित त्रिविका उपकुलपति प्राडा तिर्थ खनियाँ, स्ववियु निर्वाचन कमिटिका रेक्टर प्राडा सुधा त्रिपाठी र रजिष्टार डिल्ली उपे्रती उस्थित हुनु भएको त्रिविका उपकुलपति प्राडा खनियाँले न्युजअफनेपाललाई जानकारी दिनुभयो ।

बैठक बारे जानकारी दिँदै उहाँले चुनाव गराउनु राज्यको दायित्व भएकोले गर्दा स्थागित नगर्ने र जस्तो सुकै अबस्थामा चुनाव गर्ने बताउनुभयो । स्ववियु निर्वाचन फागुन १४ गते तोकिएको थियो । विप्लव नेतृत्वको नेकपा माओबादी निकट विद्यार्थी संगठनले पूर्व निर्धारित तिथिमा स्ववियु निर्वाचन हुन नदिने भन्दै हिंसात्मक गतिविधि अघि बढाएपछि पछिल्लो निर्णय आएको हो ।

प्रतिक्रिया दिनुहोस्