३६ वर्षपछि फरार अभियुक्त पक्राउ



धनवीर दाहाल, रुकुम ।
हत्या अभियोग लागेका एक व्यक्तिलाई प्रहरीले ३६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । रुकुम रुँघाका ५९ बर्षका धनबहादुर क्षेत्रीलाई जिल्ला अदालत रुकुमको फैसला अनुसार प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो ।

रुकुम चुनबाङ गाबिसको भेरीडाँडामा ४ जनाको हत्या आरोपमा उनलाई प्रहरीले खोजी गर्दै आएपनि भेटाउन सकेको थिएन । २०४१ साल जेठ ३१ गते जिल्ला अदालत रुकुमले कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गरी ५ बर्ष कैदको फैसला सुनाएको थियो । फरार रहेका क्षेत्रीलाई प्रहरी र जिल्ला अदालत रुकुमका कर्मचारीको सहकार्यमा खोजी कार्य तिब्र पारिएको जिल्ला अदातल रुकुमले जनाएको छ ।

सो हत्याको अभियोग लागेका अर्का फरार व्यक्ति मनबहादुर क्षेत्री भने मृत्यु भइसेको बताइएको छ । अभियुक्त धनबहादुरले ६ महिना कैद पहिले बसिसकेकोले अवदेखी ४ बर्ष ६ महिना कैद बस्नुपर्ने हुन्छ । यस्ता पुराना घटनाका अभियुक्तलाई प्रहरीसँगको सहकार्यमा खोजी कार्य तिब्र बनाइएको जिल्ला अदालत रुकुमका श्रेष्तेदार तेजप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्