सिलवालको रिटमा पनि उस्तै आदेश



काठमाडौं, (नेस)
प्रहरी महानिरीक्षकका दाबेदार नवराज सिलवालले दिनुभएको रिट उपर सर्बाेच्च अदालतले सोमबार अन्तरिम आदेश दिँदै मन्त्रिपरिषदले आइतबार जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेकोमा तत्काल कार्यान्वयन नगर्नु भनेको छ ।

न्युज अफ नेपालका अदालत संबाददाता विकास भट्टराईले भर्खरै जानकारी दिए अनुसार प्रधान न्यायधिस सुशिला कार्कीको एकल इजालासले सो आदेश दिएको हो ।

यस अघि उहाँले आइतबार पनि अलग्गे रिट निवेदनको सुनुवाईको क्रममा सोही प्रकृतिको आदेश दिनुभएको थियो । प्रधानन्यायाधिस कार्कीले सो प्रकरणका दुबै मुद्धालाई यही फागुन ८ गते सुनुवाई गर्ने गरी तिथि तोक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्