चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय तत्काल कार्यान्वयन नगराउन सर्बाेच्चको आदेश



काठमाडौं, (नेस)।
डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

मन्त्रिपरिषदले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

साथै सर्बोच्चले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्