अवार्ड अमेरिकामा रेकर्ड काठमाडौंमा



अमेरिकाको कोलोराडोस्थित डेनभरमा गत १२ नोभेम्बरमा सम्पन्न ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ को भिडियो रेकर्ड शनिबार राजधानीमा सार्वजनिक गरिएको छ। अमेरिका नेपाल टेलिभिजन, बीआरटी नेपाल डट कम र नेपाल फिल्म सोसाइटीद्वारा अमेरिकामा आयोजना गरिएको अवार्डको भिडियो रेकर्ड नेपाल फिल्म सोसाइटीद्वारा शनिबार प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आयोजित समारोहबीच सार्वजनिक गरिएको हो।

२ घन्टाको सो भिडियोमा अवार्ड समारोहका मुख्य अंशहरू प्रस्तुत गरिएको थियो। समारोहमा बोल्दै सोसाइटीका अध्यक्ष अभिनेता कृष्ण मल्लले अवार्ड कार्यक्रम आफैंमा एउटा ठूलो सम्मान भए पनि मुख्य ३ उद्देश्यले अमेरिकामा सो अवार्ड आयोजना गरिएको बताए। ‘पहिलो त धेरै नेपाली बसोबास गर्ने अमेरिकामा नेपाली फिल्मको प्रवद्र्धन गर्नुथियो। दोस्रो, नेपाली फिल्म टुरिजमको उद्देश्य थियो’, कार्यक्रमको सभापतित्व गर्दै मल्लले भने– ‘तेस्रो अहिले नेपालमा जति कलाकार छन्, त्यति नै नेपाली कलाकार अमेरिकामा छन्। त्यसैले उनीहरूस“ग भेटघाट गर्नुथियो। यो कार्यक्रमबाट यी तीनै उद्देश्य केही न केही प्रतिशत पूरा भएको हामीले ठानेको छौं। यो कार्यक्रबाट प्रोत्साहित भएर यसलाई आगामि दिनमा पनि अमेरिकामै निरन्तरता दिने निर्णय गरेका छौं।’

त्यसै गरी अमेरिकाका आयोजक नवराज श्रेष्ठले अमेरिकामा नेपाली फिल्मको अवार्ड हुन्छ भनेर कसैले नसोचे पनि आफूहरूले गरिछाडेको बताए। उनले सरकारस“ग अवार्डमा विजयी हुने तथा मनोनयनमा पर्ने कलाकारहरूलाई अमेरिका पुग्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै घुमाउरो ढंगले सरकारले अमेरिकाको भिसाका लागि पहल नगरिदिएको खुलासा गरे। त्यसै गरी परराष्ट्रमन्त्री डा. प्रकाशसरण महतले आफूले भिसाका लागि पहल गर्ने प्रयास गरे पनि सबैका लागि सम्भव नभएको बताए। ‘मैले सक्दो प्रयास गरेको हु“। अमेरिकाको भिसाको सिस्टम नै त्यस्तै छ। कसैको भयो, कसैको भएन’, उनले भने– ‘यसले गर्दा कतिपय उच्चकोटीका कलाकार पनि अमेरिका जान पाउनुभएन। आगामि दिनमा अझ बढी प्रयास गर्नेछु।’ कार्यक्रममा मन्त्री डा. महतले अवार्डमा सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरेका थिए।

अमेरिकामा सम्पन्न सो अवार्ड समारोहमा विभिन्न कालको फिल्मको कामका लागि ११ कलाकर्मीलाई ग्लोबल नेपाली फिल्म अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो। सोसाइटीकाअनुसार सो अवसरमा फिल्म आमाबाट वसुन्धरा भुसाल, माइतीघरबाट गेहेन्द्र धिमाल, सिन्दुरबाट वसन्त श्रेष्ठ, जीवनरेखाबाट शिव श्रेष्ठ, जुनीबाट भुवन केसी, कान्छीबाट शर्मिला मल्ल, के घर के डेराबाट शम्भुजित बासकोटा, वासुदेवबाट कृष्ण मल्ल, मसालबाट सुनील थापा र चेलीबेटीबाट प्रदीप उदयलाई ग्लोबल नेपाली फिल्म अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने अभिनेता तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठलाई मृत्युपर्यन्त सो अवार्डबाट सम्मानित गरिएको थियो। साथमा नेपाल चलचित्र कलाकार संघलाई पनि ग्लोबल नेपाली फिल्म अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

त्यसै गरी आरपी पन्तलाई ग्लोबल नेपाली कन्ट्रिब्युसन अवार्ड, राजबल्लभ कोइरालालाई ड्यास्पोरा एक्टर र नन्दिता केसीलाई ड्यासपोरा एक्ट्रेस अवार्ड प्रदान गरिएको थियो। अवार्ड समारोहका लागि अमेरिकी अध्यागम विभागले भिसा नदिएका कारण प्रायःजसो पहिले नै भिसा भएका कलाकारलाई समारोहमा सहभागी गराइएको थियो। सो अवार्डमा मूलधारको फिल्मका तर्फबाट अशिस्मा नकर्मीलाई अधकट्टीबाट सहअभिनेतृ, शिवहरि पौडेललाई टेलिभिनज एक्टर र ड्रिम्सलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको थियो। मूलधारको फिल्मका तर्फबाटै क्लासिकबाट आर्यन सिग्देललाई अभिनेता, प्रेमगीतबाट पूजा शर्मालाई अभिनेतृ, प्रेमगीतबाटै सुदर्शन थापालाई निर्देशक तथा ड्रिम्सबाट पुरुषोत्तम र सञ्जय लामालाई छाया“कारको अवार्ड दिने निर्णय भए पनि अमेरिकाले भिसा नदिएका कारण उनीहरू समारोहमा सरिक हुन पाएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्