दुवै आयोगको म्याद थप्न पत्राचार गरिने



काठमाडौं, (नेस)
बेपत्ता व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले एक वर्षको अवधि थप गर्नका लागि माग गर्दै आज बुधबार सरकारसमक्ष पत्र पठाउने भएका छन्।

आयोगको मंगलबार बसेको छुट्टाछुट्टै बैठकले आज बुधबार सरकारसमक्ष एक वर्षको म्याद थप गर्न माग गर्दै पत्र पठाउने निर्णय भएको हो। बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले सरकारसमक्ष आज बुधबार पत्र पठाइने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सत्य निरुपण तथा मेलमिलाप आयोगका एक सदस्यले पनि एक वर्षका लागि अवधि थप गर्ने आयोगमा सहमति भएको जानकारी दिए। ती दुई आयोगको कानुनबमोजिम यही माघ २७ गते अवधि सकिँदै छ। कानुनमा आधार र कारण खोली थप एक वर्षसम्मको अवधि थप गर्न सरकारसँग माग गर्न सकिने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्