भेनस र को को सेमिफाइनलमा



मेलबर्न, अष्ट्रेलिया / अमेरिकी भेट्रानमहिला टेनिस खेलाडी भेनस विलियम यहाँ भइरहेको अष्ट्रेलियन ओपनको महिला टर्पm सेमिफाइनलमा पुग्न सफल भएकी छिन् ।

आज मगलबार बिहान भएको क्वार्टरफाइनल खेलमा उनले रसियाकी एनसतासियापल चेन्कोभालाई ६–४ र ७–६ को सोझो सेटमा पाखाल गाएकी हुन् ।

३६ वर्षीया भेनस यति धेरै उमेरमा ठूलो टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुग्ने मार्टिनानभ्रातिलोभा पछि पहिलो खेलाडी बनेकी छिन् । सात पटक ग्राण्ड स्लामउचालिसकेकी भेनसले अब सेमिफाइनलमा आप्mनै राष्ट्रकीको को भ्ण्डेवेज्संग बिहीबार मुकाबिला गर्नेछिन् ।

यसैगरी आजै बिहानभएको अर्को क्वार्टरफाइनलमा अमेरिकी टेनिस सुन्दरी को को भेण्डेवेज्ले सातौं वरियताकी स्पेनी खेलाडी गार्बिन पुगुरुजालाई पराजित गरेर सेमिफाइनलमा प्रवेशी गरेकी छिन् ।

उनले गार्बिन मुगुरुजालाई ६–४ र ६–० को एक पक्षीय खेलमा सजिलै पाखाल गाएकी हुन् । को को कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्