लोकमानलाई कालोमोसो दल्ने शाहि र बुढा जेल मुक्त



काठमाडौं, ७ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलेको अभियोगमा जेल चलान भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्यद्धय प्रकाश शाहि र चन्द्र बुढा रीहाई भएका छन् ।

दुबैलाई सर्वोच्च अदालतभित्र अख्तियार प्रमुखलाई कालोमोसो दलेको भन्दै मानहानी मुद्धा लागेको थियो । महानगरिय प्रहरी परिसर काठमाडौं टेकुबाट रिहाई भएपछि दुबै जनालाई सम्मानका लागी नेकपा माओबादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले ¥यालीको आयोजना गरेको थियो । ¥याली पूर्व साहसीक कदम चालेको भन्दै दुबै जनालाई अबिर र मालाले सम्मान प्रकट गरेको थियो ।

¥याली महानगरिय प्रहरी परिसर काठमाडौं टेकुहुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अगाडि पुगेर सभामा परिणत भएको थियो । सभामा सहभागीहरुले भ्रष्टाचार विरोधी अभियान जारि रहेको बताएका छन् । विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेले सहजिकरण गर्नुभएको कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पुर्णवहादुर सिंहले क्रान्तिकारीका केन्द्रिय सदस्यद्धय प्रकाश शाहि र चन्द्र बुढालाई सम्मान प्रकट गर्नुभएको थियो ।

गत पुस ७ गते सर्वोच्च अदालतवाटै प्रहरीले शाहि र बुढालाई नियन्त्रणमा लिएको थियो । दुबैलाई एक महिना जेल चलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्