काठमाडौँ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ। साथै, मुद्रास्फीति दर ५.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य पनि निर्धारण गरिएको छ।
मङ्गलवार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि पनि लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको जानकारी दिए।
उनका अनुसार बैंक तथा वित्तीय संस्थाले शाखा स्थापना तथा समायोजन गर्न सहज हुने व्यवस्था गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थाको सञ्चालन लागत घटाउन आवश्यक नीतिगत व्यवस्था पनि मौद्रिक नीतिमा समेटिएको छ।
मौद्रिक नीतिअनुसार बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) हाल कायम रहेका व्यवस्थालाई नै निरन्तरता दिइएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय प्रणालीमा स्थायित्व कायम राख्दै निजी क्षेत्रमा कर्जा प्रवाह विस्तार, आर्थिक गतिविधि चलायमान बनाउने तथा मूल्य स्थिरता कायम गर्ने उद्देश्य लिएको जनाएको छ।











प्रतिक्रिया